पोखरा। बेगनासताल पोखरा यातायात प्रा. लि.को आठौँ वार्षिक साधारण सभा आगामी २०८३ साल असोज २८ गते बुधबार लेखनाथको सुन्दीबजारस्थित नमस्ते पार्टी प्यालेसमा हुने भएको छ।
पोखरा। बेगनासताल पोखरा यातायात प्रा. लि.को आठौँ वार्षिक साधारण सभा आगामी २०८३ साल असोज २८ गते बुधबार लेखनाथको सुन्दीबजारस्थित नमस्ते पार्टी प्यालेसमा हुने भएको छ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय अध्यक्ष श्री पुण्यप्रसाद सिटौला ‘सरोज’को प्रमुख आतिथ्यतामा हुने सभाको कार्यक्रम बिहान ८ बजेदेखि सुरु हुने कम्पनीका सञ्चालक सन्तोष अधिकारीले जानकारी दिनुभयो।
सभामा यातायात व्यवसायसँग सम्बन्धित विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरू, विभिन्न सामाजिक संघसंस्थाका पदाधिकारी, विशिष्ट व्यक्तित्व तथा आमन्त्रित अतिथिहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ। साथै, कम्पनीका सञ्चालक समिति, सेयर सदस्य, कर्मचारी, , पत्रकार तथा अन्य सरोकारवालाहरूको सहभागिता रहनेछ।
यस वर्षको साधारण सभामा यातायात व्यवसायी, कर्मचारी, चालक तथा सहचालकका छोराछोरीमध्ये माध्यमिक तह उत्तीर्ण गर्दा उत्कृष्ट अंक प्राप्त गर्ने एक–एक जना गरी चार जना विद्यार्थीलाई सम्मान गरिनेछ। त्यसैगरी कम्पनीमा कार्यरत एक जना कर्मचारी, एक जना चालक र एक जना सहचालकलाई पनि सम्मान गर्ने कार्यक्रम रहेको सञ्चालक अधिकारीले जानकारी दिनुभयो।
विद्यार्थीको शैक्षिक उपलब्धिलाई प्रोत्साहन गर्नुका साथै यातायात क्षेत्रमा कार्यरत कर्मचारी, चालक तथा सहचालकको योगदानको कदर गर्ने उद्देश्यले सम्मान कार्यक्रम आयोजना गर्न लागिएको हो। यसले विद्यार्थीलाई अध्ययनमा थप प्रेरणा दिनुका साथै यातायात क्षेत्रमा आबद्ध जनशक्तिको मनोबल बढाउन सहयोग पुग्ने कम्पनी को अपेक्षा रहेको छ।
सभामा कम्पनीको वार्षिक गतिविधि, प्रगति तथा आगामी कार्ययोजनाका विषयमा छलफल हुनेछ। साथै, यातायात सेवालाई थप व्यवस्थित, सुरक्षित, प्रभावकारी र यात्रुमैत्री बनाउने तथा व्यवसायीबीच आपसी एकता, सहकार्य र समन्वयलाई थप मजबुत बनाउने विषयमा समेत छलफल हुने अपेक्षा गरिएको छ।
कम्पनीले आफ्नो आठौँ वार्षिक साधारण सभामा उपस्थित भई कार्यक्रमको गरिमा बढाइदिन प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथि, यातायात व्यवसायी, सेयर सदस्य, कर्मचारी, पत्रकार तथा सम्पूर्ण सरोकारवालालाई हार्दिक निमन्त्रणा गरेको छ। सबैको साथ, सहयोग र सहभागिताले कम्पनीको संस्थागत विकास तथा यातायात क्षेत्रको सुधारमा थप ऊर्जा मिल्ने विश्वास कम्पनीले लिएको छ।