पोखरा–३२ । जय रुपाताल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।
पोखरा–३२ । जय रुपाताल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष श्रीधर लामिछानेको अध्यक्षतामा सम्पन्न साधारणसभामा सस्थाका सस्थापक अध्यक्ष ज्ञानेन्द्रराज सुवेदी प्रमुख अतिथि तथा सस्थाका निवर्तमान अध्यक्ष धिरजकुमार श्रेष्ठ विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।
कार्यक्रममा संस्थाका उपाध्यक्ष बसन्त जोशीले स्वागत मन्तव्य राख्नुभएको थियो भने संस्थाका सचिव निल बहादुर (अर्जुन) थापाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।
साधारणसभालाई सम्बोधन गर्दै प्रमुख अतिथि ज्ञानेन्द्रराज सुवेदीले सहकारी संस्थाले सदस्यसँगको कारोबार गर्दा व्यक्तिलाई हेरेर नभई संस्थाको नीति, नियम र प्रक्रियाका आधारमा कारोबार गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले सहकारी संस्थाको विश्वास र पारदर्शिता कायम राख्न आवश्यक रहेको बताउनुभयो।
त्यस्तै, संस्थाका निर्वतमान अध्यक्ष तथा विशिष्ट अतिथि धिरजकुमार श्रेष्ठले संस्थालाई अझ बलियो र व्यवस्थित बनाउँदै अगाडि बढाउन सबै सदस्य तथा सरोकारवालाको सहयोग आवश्यक रहेको बताउनुभयो। सहकारीको विकास र संस्थाप्रतिको विश्वास कायम राख्न सबै पक्षको सकारात्मक भूमिका महत्वपूर्ण हुने उहाँको भनाइ थियो। उक्त कार्यक्रममा लेखा सयोजक कृष्ण प्रसाद पगेनी, सल्लाहाकार केश्वराज पौडेल लगाएतले बोल्नु भएको थियो ।
साधारणसभाका अवसरमा संस्थासँग उत्कृष्ट कारोबार गर्ने सदस्य पुनि गुरुङलाई सम्मानसमेत गरिएको थियो।
कार्यक्रममा संस्थाका पदाधिकारी, सञ्चालक समिति र सदस्यहरूको उपस्थिति रहेको थियो।