रूपा, कास्की। चाडपर्व नजिकिएसँगै उपभोक्ताको हित संरक्षण तथा बजारमा खाद्यवस्तुको गुणस्तर र मूल्यमा एकरूपता कायम गर्ने उद्देश्यले कास्कीको रूपा गाउँपालिकाले बजार अनुगमन गरेको छ।
रूपा, कास्की। चाडपर्व नजिकिएसँगै उपभोक्ताको हित संरक्षण तथा बजारमा खाद्यवस्तुको गुणस्तर र मूल्यमा एकरूपता कायम गर्ने उद्देश्यले कास्कीको रूपा गाउँपालिकाले बजार अनुगमन गरेको छ।
रूपा गाउँपालिका उपाध्यक्ष लालशुबा गुरुङको नेतृत्वमा गाउँपालिकाका कर्मचारी गणेश भक्त त्रिपाठी, रामचन्द्र अधिकारी,फारुख मिया तथा गाउँपालिका प्रहरी सहितको टोलीले गाउँपालिकाभित्रका विभिन्न बजारमा अनुगमन गरेको हो।
अनुगमनका क्रममा गाउँपालिकाभित्र सञ्चालनमा रहेका किराना पसल, खाद्यान्न पसल, मेडिकल, होटल तथा रेस्टुरेन्टहरूको निरीक्षण गरिएको थियो। चाडपर्वका बेला उपभोग्य वस्तुको माग बढ्ने भएकाले बजारमा हुन सक्ने मूल्यवृद्धि, म्याद गुज्रिएका खाद्यवस्तुको बिक्री तथा उपभोक्ताको स्वास्थ्यमा पर्न सक्ने असरलाई मध्यनजर गर्दै अनुगमन गरिएको हो।
अनुगमनले व्यवसायीहरूलाई प्रचलित नियमअनुसार व्यवसाय सञ्चालन गर्न, खाद्यवस्तुको गुणस्तर कायम राख्न, म्याद गुज्रिएका सामग्री बिक्री नगर्न तथा उपभोक्तालाई सहज र गुणस्तरीय सेवा प्रदान गर्न सचेत गराउने अपेक्षा गरिएको छ।
गाउँपालिकाले चाडपर्वलाई लक्षित गर्दै बजारलाई व्यवस्थित, स्वच्छ र उपभोक्तामैत्री बनाउन अनुगमनलाई प्राथमिकता दिएको छ।