समाचारगण्डकी प्रदेश
बेगनासताल पोखरा यातायात प्रा.लि.द्वारा रसुवा–नुवाकोटका बाढीपीडितलाई १ लाख १ हजार १ सय ११ रुपैयाँ सहयोग
स्मार्ट सञ्चार संवाददाता२३ घण्टा अघि
786 हेराई

बेगनासताल पोखरा यातायात प्रा.लि.द्वारा रसुवा–नुवाकोटका बाढीपीडितलाई १ लाख १ हजार १ सय ११ रुपैयाँ सहयोग
पोखरा । भोटेकोशी नदीमा आएको बाढीबाट रसुवा र नुवाकोटका विभिन्न क्षेत्रमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै बेगनासताल पोखरा यातायात प्रा.लि., पोखरा–३० शिशुवा ले बाढीपीडितको राहत तथा उद्धारका लागि १ लाख १ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग गरेको छ।
कम्पनीले उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरेको हो। विपद्को समयमा प्रभावित परिवारलाई राहत उपलब्ध गराउन तथा उद्धार र पुनःस्थापनाका कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले आर्थिक सहयोग गरिएको कम्पनीले जनाएको छ।
बेगनासताल पोखरा यातायात प्रा.लि.का क्यू संयोजक सन्तोष अधिकारीले विपद्का बेला पीडित नागरिकको साथमा उभिनु सबैको सामाजिक दायित्व भएको बताए। उनले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि सरकारी निकायसँगै विभिन्न संघसंस्था, व्यवसायी तथा सर्वसाधारणबाट समेत सहयोग आवश्यक रहेको बताए।
“विपद्को समयमा प्रभावित नागरिकलाई थोरै भए पनि राहत पुगोस् भन्ने उद्देश्यले कम्पनीको तर्फबाट सहयोग गरेका हौँ,” अधिकारीले भने, “यस्ता विपद्का बेला सबैले आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्न आवश्यक छ।”
भोटेकोशी बाढीबाट रसुवा र नुवाकोटका विभिन्न क्षेत्रमा जनधनको क्षति भएपछि सरकारी तथा गैरसरकारी निकाय, संघसंस्था र व्यक्तिगत रूपमा समेत राहत सहयोग जुटाउने क्रम जारी छ। यस कम्पनी ले हाल कास्की र लम्जुङ मा सार्वजनिक यातायात संचालन गर्दै आयको छ ।
प्रकाशित: २३ घण्टा अघि (२०२६-०९-०२)स्मार्टसञ्चार मिडिया नेटवर्क
अन्य मुख्य समाचारहरू
ताजा सिफारिस
मुख्य समाचार
रुपा–७ को साउने खोल्सोमा बेगनासताल यातायातको बस दुर्घटना, ११ जना घाइते
२ दिन अघि•328 हेराई
नो इमेज
भिडियो ग्यालरी
लाखे नाच 🔥 लाखेको डरलाग्दो प्रस्तुती | गाईजात्रा २०८३ | समाज कल्याण नवा खल आयोजक
३ दिन अघि•150 हेराई

समाचार
कृष्णभीरमा सडक भासिएपछि मुग्लिङ–काठमाडौं सडक पूर्ण रूपमा अवरुद्ध
४ दिन अघि•367 हेराई

समाचार
पोखरा–३२ खोलाको छेउमा समाज कल्याण नवा खलको आकर्षक लाखे नाच तथा परीहरूको प्रस्तुती
४ दिन अघि•448 हेराई
