ट्रेन्डिङ
ट्रेन्डिङ समाचार लोड हुँदैछ...
Smart Sanchar Logo
गृहसमाचाररुपा–७ को साउने खोल्सोमा बेगनासताल यातायातको बस दुर्घटना, ११ जना घाइते
मुख्य समाचारगण्डकी प्रदेश

रुपा–७ को साउने खोल्सोमा बेगनासताल यातायातको बस दुर्घटना, ११ जना घाइते

स्मार्ट सञ्चार संवाददाता२ दिन अघि
328 हेराई
रुपा–७ को साउने खोल्सोमा बेगनासताल यातायातको बस दुर्घटना, ११ जना घाइते
रुपा गाउँपालिका–७ हाँसपोखरीस्थित साउने खोल्सोमा सोमबार बिहान बेगनासताल यातायात सेवाको यात्रुवाहक बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन्।
कास्की । रुपा गाउँपालिका–७ हाँसपोखरीस्थित साउने खोल्सोमा सोमबार बिहान बेगनासताल यातायात सेवाको यात्रुवाहक बस नम्वर .ग २ ख १७८१नम्बरको बसदुर्घटना हुँदा ११ जना घाइते भएका छन्। पोखरातर्फ आउँदै गरेको बस साउने खोल्सोमा दुर्घटनामा परेको हो। दुर्घटनामा घाइते भएका सबैको अवस्था खतरा मुक्त रहेको बताइएको छ। घाइतेहरूको प्रादेशिक जनरल तथा सरुवा संक्रमण नियन्त्रण अस्पताल, शिशुवामा उपचार भइरहेको छ। घाइतेमध्ये एक जनालाई थप उपचार आवश्यक भएपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको जनाइएको छ। अन्य घाइतेहरूको अवस्था सामान्य रहेको र शिशुवा अस्पतालमै उपचार भइरहेको बताइएको छ। दुर्घटनाको कारण तथा घटनाको थप विवरण भने खुल्न बाँकी रहेको छ।
प्रकाशित: २ दिन अघि (२०२६-०८-३१)स्मार्टसञ्चार मिडिया नेटवर्क