समाचारगण्डकी प्रदेश
कृष्णभीरमा सडक भासिएपछि मुग्लिङ–काठमाडौं सडक पूर्ण रूपमा अवरुद्ध
स्मार्ट सञ्चार संवाददाता४ दिन अघि
367 हेराई

कृष्णभीरमा सडक भासिएपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध
त्रिशूली नदीको कटानका कारण धादिङको कृष्णभीर क्षेत्रमा सडक भासिएपछि मुग्लिङ–काठमाडौं सडकखण्डअन्तर्गत पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। सडकको केही भाग नदीतर्फ भासिएपछि दुवैतर्फका सवारीसाधन आवागमन ठप्प भएको हो।
लगातारको वर्षासँगै त्रिशूली नदीमा पानीको बहाव बढेपछि नदीले सडकको तल्लो भाग कटान गरेको बताइएको छ। कटानका कारण सडक थप जोखिममा परेकाले तत्काल यातायात सञ्चालन गर्न कठिन भएको छ।
सडक अवरुद्ध भएपछि काठमाडौं तथा मुग्लिङतर्फ जाने–आउने सयौँ सवारीसाधन बाटोमै रोकिएका छन्। सडक खुलाउन सम्बन्धित निकायले स्थलगत निरीक्षण तथा आवश्यक व्यवस्थापनको तयारी गरिरहेको छ।
वर्षा निरन्तर भइरहेकाले कृष्णभीरसहित पृथ्वी राजमार्गका अन्य जोखिमयुक्त क्षेत्रमा समेत थप पहिरो तथा सडक कटान हुन सक्ने सम्भावना रहेको छ। यात्रुहरूलाई सडकको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरिएको छ।
प्रकाशित: ४ दिन अघि (२०२६-०८-३०)स्मार्टसञ्चार मिडिया नेटवर्क
अन्य मुख्य समाचारहरू
ताजा सिफारिस
समाचार
बेगनासताल पोखरा यातायात प्रा.लि.द्वारा रसुवा–नुवाकोटका बाढीपीडितलाई १ लाख १ हजार १ सय ११ रुपैयाँ सहयोग
२३ घण्टा अघि•783 हेराई

मुख्य समाचार
रुपा–७ को साउने खोल्सोमा बेगनासताल यातायातको बस दुर्घटना, ११ जना घाइते
२ दिन अघि•326 हेराई
नो इमेज
भिडियो ग्यालरी
लाखे नाच 🔥 लाखेको डरलाग्दो प्रस्तुती | गाईजात्रा २०८३ | समाज कल्याण नवा खल आयोजक
३ दिन अघि•150 हेराई

समाचार
पोखरा–३२ खोलाको छेउमा समाज कल्याण नवा खलको आकर्षक लाखे नाच तथा परीहरूको प्रस्तुती
४ दिन अघि•447 हेराई
