ट्रेन्डिङ
ट्रेन्डिङ समाचार लोड हुँदैछ...
Smart Sanchar Logo
गृहसमाचारपोखरा फोटोग्राफर संघको २५औँ अधिवेशन सम्पन्न, नयाँ कार्यसमिति सर्वसम्मत
समाचारगण्डकी प्रदेश

पोखरा फोटोग्राफर संघको २५औँ अधिवेशन सम्पन्न, नयाँ कार्यसमिति सर्वसम्मत

स्मार्ट सञ्चार संवाददाता११ दिन अघि
218 हेराई
समाचार साझा वा लिङ्क कपि:
WhatsAppFacebook
पोखरा फोटोग्राफर संघको २५औँ अधिवेशन सम्पन्न, नयाँ कार्यसमिति सर्वसम्मत
पोखरा फोटोग्राफर संघ, पोखरा नेपालको ४५औँ वार्षिक साधारण सभा, २५औँ पोखरा फोटोग्राफी अवार्ड वितरण, ‘फोकस’ तेस्रो स्मारिका विमोचन तथा २५औँ अधिवेशन समारोह–२०८३ सम्पन्न
पोखरा फोटोग्राफर संघको २५औँ अधिवेशन तथा फोटोग्राफी अवार्ड समारोह सम्पन्न पोखरा — पोखरा फोटोग्राफर संघ, पोखरा नेपालको ४५औँ वार्षिक साधारण सभा, २५औँ पोखरा फोटोग्राफी अवार्ड वितरण, ‘फोकस’ तेस्रो स्मारिका विमोचन तथा २५औँ अधिवेशन समारोह–२०८३ सम्पन्न भएको छ। संघको २५औँ अधिवेशनबाट अध्यक्षमा नन्दकला पौडेल, उपाध्यक्षमा लक्ष्मीपति पौडेल, सचिवमा अग्निधर तिमिल्सिना र कोषाध्यक्षमा राजु तिमिल्सिना सर्वसम्मत निर्वाचित भएका छन्। त्यसैगरी सदस्यहरूमा प्रकाश पौडेल, चन्द्रप्रकाश ढुंगाना, प्रेम श्रेष्ठ, मिरु लम्साल र बबिता पौडेल सर्वसम्मत चयन भएका छन्। अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिलाई फोटोग्राफी पेशाको विकास, व्यवसायिक हकहितको संरक्षण तथा संघलाई थप व्यवस्थित र सशक्त रूपमा अघि बढाउन सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।
समाचार शेयर वा लिङ्क कपि गर्नुहोस्:
WhatsAppFacebook
प्रकाशित: ११ दिन अघि (२०२६-०९-०५)स्मार्टसञ्चार मिडिया नेटवर्क